काठमाडौँ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतक बिचको छलफल सुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल सुरु भएको हो ।
आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका हुन् ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । प्रतिपक्ष दल अध्यादेशको विपक्षमा संसदमा चर्को आवाज उठाउने तयारीमा छन् भने सत्तापक्ष बचाउमा प्रस्तुत हुने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?
संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई सभामुख अर्यालको आग्रह
सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ : सभामुख
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?