काठमाडौँ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतक बिचको छलफल सुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल सुरु भएको हो ।
आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका हुन् ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । प्रतिपक्ष दल अध्यादेशको विपक्षमा संसदमा चर्को आवाज उठाउने तयारीमा छन् भने सत्तापक्ष बचाउमा प्रस्तुत हुने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे