संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई सभामुख अर्यालको आग्रह

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १२ : ०१
संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई सभामुख  अर्यालको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् ।

निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएपछि सभामुखले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने प्रस्ताव राखे ।

त्यसअनुसार नेपाली कांग्रेसकी सांसद नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिए ।

तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् ।

प्रतिक्रिया दिनुहोस