काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ । हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।
विधेयकका विषयमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका विधेयक तिव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल हुने घिमिरेले बताए ।
बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।
यही माघ १८ गतेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन