काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दह्रो अडान लिएर ओलीले भारतीय नाकाबन्दीको सामना गरेको बताए ।नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान बन्न नदिन अनेक प्रपञ्च गरियो । संविधान जारी भएपछि नाकाबन्दी लगाइयो । त्यतिबेला सरकारमा भएका दलहरुले नाकाबन्दी पनि भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले, तर ओलीले प्रधानमन्त्री भए पनि यो नाकाबन्दी नै हो भन्नुभयो । जनताको साथमा दह्रो अडान लिएर असफल पार्नुभयो । त्यसैले अहिले हामीमाथि भएको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने बुझ्नुपर्छ ।’
उनले संविधान निर्माणको बेलामा ओलीले नेपालको संविधान नेपालको संविधानसभाले नै बनाउने हो भन्दै समस्या भए नेपालका राजनीतिक दलले समाधान गर्छन् भनेर भारतीय विदेशमन्त्रीलाई भनेको पनि स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल