काठमाडौँ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
इशनाथ नगरपालिका-४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरिरहेका मोतीहारी ग्राम पञ्चायत रोही-४ बस्ने २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।
खेलौना पेस्तोल देखाएर सीमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिलाई डर त्रास देखाई रकम माग्ने गरेको प्रहरीले बताएको छ । प्रहरीले उनलाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ