काठमाडौँ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
इशनाथ नगरपालिका-४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरिरहेका मोतीहारी ग्राम पञ्चायत रोही-४ बस्ने २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।
खेलौना पेस्तोल देखाएर सीमा क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिलाई डर त्रास देखाई रकम माग्ने गरेको प्रहरीले बताएको छ । प्रहरीले उनलाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ