काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । तर, आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने