यस्तो छ भरतपुरमा पक्की सडक निर्माणका २४ योजना

आइतबार, ११ कार्तिक २०७५, १५ : ४८
यस्तो छ भरतपुरमा पक्की सडक निर्माणका २४ योजना

भरतपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भरतपुर महानगरपालिकामा पक्की सडक निर्माणका २४ योजनाहरु पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भरतपुर महानगरमा पक्की सडक निर्माणको लागि साना ठूला गरी २४ योजनाहरु परेको बताउनुभयो । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाहरुको घोषणा कार्यक्रममा मन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको लागि भरतपुर महानगरमा सडक निर्माणका धेरै योजनाहरु परेको हुनाले भरतपुर महानगर देशकै नमुना महानगर बन्ने बताउनुभयो । उहाँले भरतपुर महानगरमा पुराना योजनाहरुलाई पनि प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो । 
कार्यक्रममा मन्त्री महासेठले रेलमार्ग र जलमार्ग दुबैले चितवन छोएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुग्लिनदेखि नारायणगढसम्म १४ वटा पुल निर्माणको काम अघि बढेको छ, डीपीआरको काम सुरु भएको छ ।’
मन्त्री महासेठले पुल्चोकदेखि गोन्द्राङसम्मको बजारलाई ६ लेनको बनाउन डीपीआरको काम सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुल्चोकदेखि गोन्द्राङसम्म आकर्षक गार्डेनसहितको ६ लेन सडक निर्माणको काम यही सालदेखि अघि बढ्छ ।’ बुटवल नारायणगढ सडक चार लेनको हुने उहाँको भनाइ थियो । मन्त्री महासेठले नारायणगढ ठोरी हुलाकी सडक निर्माणको काम पनि यही सालदेखि अघि बढ्ने बताउनुभयो । 

चालु आथिक वर्ष २०७५– ७६ मा परेका ठूला सडक योजनाहरु 


सडकको नाम र विनियोजित बजेट 
१) रामपुर मेघौली सडक – २ करोड 
२) तिलौरीचोकदेखि गोलाघाट सडक –२ करोड
३) ठोरी भरतपुर हुलाकी सडक –२ करोड
४) सुन्दरबस्ती पन्तचोक सडक–१ करोड ५ लाख
५) छितामाइ मन्दिर सडक– १ करोड ५ लाख
६) वडा २४ को धु्रव धम्पुस सडक – १करोड ५ लाख 
७) शिवघाट विजयनगर सडक –१ करोड ५ लाख
८) गाँजीपुर एकीकृत विकास परियोजना – १ करोड ५ लाख


सडकको नाम र अनुमानित बजेट 
१) पुल्चोकदेखि गोन्द्राङसम्मको सडक – १ अर्ब  (६.२ किमी)
२) भरतपुर १४ बाबुरामको घरबाट २२ नं सीमासम्म– ३ करोड १८ लाख (२ किमी)
३) भरतपुर ६, केपाचोकदेखि केदारचोकसम्म– ३ करोड १८ लाख (२ किमी)
४) भरतपुर ६, पाँडेघुम्ती सीतामाइ सडक –६ करोड १९ लाख (४ किमी)
५) भरतपुर २५, रातापुर शोशी बेतरीपुल –६ करोड १९ लाख (३ं.५ किमी)
६) भरतपुर १५ जानुका चोक शिवराम चोक सडक –४ करोड (२.५ किमी)
७) तेलौली–भगाहा सडक –४ करोड ८६ लाख (३ किमी)
८) भरतपुर २६ तीनकुले जाने सडक –३ करोड २८ लाख (२ किमी)
९) नयाँबजारको उत्तरतर्फको जाने सडक –३ करोड १८ लाख (२ किमी)
१०) भरतपुर २३ कसराचोक आलमघाट सडक –३ करोड २८ लाख (२.६ किमी)
११) बसेनी लामाटोल सडक –१ करोड (६ सय मिटर)
१२) गोन्द्राङ जितेन्द्र टोल सडक –३ करोड ४३ लाख (२ किमी)
१३) पकौडी सुन्दरबस्ती सडक– ५ करोड (५किमी)
१४ भरतपुर १४ को सडक –१ करोड ५० लाख (१.५ किमी)
१५ बाइपासरोड बसेनी लामाटोल सडक (४.५ किमी)
१६ बुद्धचोकदेखि दोङचोकसम्म (३.५ किमी)

प्रतिक्रिया दिनुहोस