काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।
बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन् । ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौं’, उनले भनिन् ।
राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ। ‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ । १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ’, उनले भनिन् ।
नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् । मन्त्री भट्टराईका अनुसार अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढेको छ । ‘कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ । अब ९ मा मात्र रजिस्ट्रेशन फारम भरे हुन्छ । आगामी वर्षदेखि रजिस्ट्रेशन शुल्क लाग्दैन । विद्यार्थीबाट राजश्व उठाउने होइन’, उनले भनिन्, ‘विद्यार्थीबाट विलम्ब शुल्क पनि नलिने निर्णय गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक