काठमाडौं । आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस भएको भूकम्पमा परेर ३६ जनाको ज्यान गएको छ । चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसार मृत्यु हुनेहरूको आँकडा ३६ पुगेको छ । ज्यान जानेहरू सबै चीनको तिब्बतकै भएको बताइएको छ ।
यस अगाडि अमेरिकी विश्व च्यानल सीएनएनले नौ जनाको ज्यान गएको बताउँदै भूकम्प ७.१ रेक्टर स्केलको आएको बताएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले भने ६.८ रेक्टर स्केलको भूकम्प आएको लेखेको छ ।
ग्लोबल टाइम्सका अनुसार दिङ्ग्री काउन्टीमा भूकम्प गएको हो । यो काउन्टी तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेबाट नजिकै रहेको छ । चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते