काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षको परीक्षा समय १५ मिनेट थप गरिएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
जसले गर्दा बिहान सात बजेदेखि सञ्चालन हुने स्नातक तह प्रथम वर्षको परीक्षा प्रभावित बनेको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा समय १५ मिनेट थप गरेको हो ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार भूकम्पका कारण विद्यार्थीहरू त्रसित बनेपछि परीक्षा समय थप गरेको हो ।
परीक्षा सुरु हुनै लाग्दा भूकम्प गएपछि परीक्षा के गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले देशभरका परीक्षा केन्द्रहरूलाई समयमै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
प्रभावित भएका परीक्षाहरूको हकमा परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूको परीक्षा समय सोही अनुसार थप गरी निर्धारित समयभित्र सञ्चालन गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो