काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा/बैठकमा सम्बोधन गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यालयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरूको उचित जगेर्ना गर्ने पनि स्पष्ट गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै दर्ता भएको रिटमा आज पेसी
विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग सिंहदबारमा भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्रीको भारत भ्रमण : ओली नेपाली सेनाको विमानमा काठमाडौँबाट सिधै बोधगया जाने
प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता