काठमाडौ । गएराति कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।
पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिगत १३ दिनको अवधिमा पश्चिम नेपालमा मात्रै सातवटा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा भूकम्पको धक्का
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो
पश्चिम नेपालमा भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का