काठमाडौँ । अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३/००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा उक्त पदार्थसहित प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
रायलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ