काठमाडौँ । अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३/००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा उक्त पदार्थसहित प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
रायलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीएसपी मधु नेपाल पक्राउ
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
चार महिने छोराको हत्या अभियोगमा असई पक्राउ
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ