काठमाडौं । सर्लाहीमा ढुंगा प्रहार गरेर एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान छन् । उनले लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ ।
वीरबहादुरले मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज आइतबार लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको हो ।
विष्णुमायाको मृत्यु भएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ पुस २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ