काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ विकासका एजेन्डा लिएर सिंहदरबार पुगेका छन् । उनले शुक्रबार गृहमन्त्री सुधन गुरुङसहित विभिन्न विभागीय मन्त्रीहरूलाई भेट्ने कार्यतालिका रहेको छ ।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न भएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत अब आफू विकासका माग लिएर प्रधानमन्त्री र मन्त्रीहरूकहाँ जाने बताएका थिए ।
उनले फेसबुकमा लेखेका छन्, ‘हिजो औपचारिक र विधिवत् सदनको पहिलो बैठक सम्पन्न भयो । नेपाल सरकार लगायत सबैलाई धन्यवाद ! अब जनताका विकासका मागहरू लिएर प्रधानमन्त्रीज्यू र विभागीय मन्त्रीज्यूहरूलाई भेट्न जानुपर्नेछ ।’
बिहान ११ बजेर ४५ मिनेट जाँदा साम्पाङले गृहमन्त्री गुरुङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकमै साम्पाङले विभिन्न समसामयिक र राष्ट्रिय मुद्दाहरू उठाएका थिए । उनले सीमा क्षेत्रमा छिमेकी मुलुकको गतिविधिमाथि निगरानी बढाउनुपर्ने र भदौ २३–२४ को घटनाका दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका दर्जनभन्दा बढी माग राखेका छन् ।
सिंहदरबारमा हुने भेटघाटका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रका विकास योजना र संसद्मा उठाएका मागहरूका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ
'सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ
‘सदन र जनताप्रति सरकार जबाफदेही हुनुपर्छ’: हर्क साम्पाङ
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
सिंहदरबारभित्र जलेका कुनै एउटा भवन बनाउन दिनुहोस् , हामी श्रमदान गरेर बनाउँछौँ’: हर्क साम्पाङ
पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन- श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस्