चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहनेविरुद्ध १८ महिना सङ्घर्ष गर्नुपरेको बताएका छन् ।
बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारण सभा उद्घाटन कार्यक्रममा प्रचण्डले केही समूहले आर्थिक क्रियाकलाप सम्बन्धमा प्रधानमन्त्रीलाई डिक्टेट गर्न चाहेको भन्दै आफू त्यो स्वीकार गर्ने पक्षमा नरहेको स्मरण गरे ।
आफू १८ महिना प्रधानमन्त्री हुँदा सो समूहसँग लड्दै, सङ्घर्ष गर्दै टिकेकाले गर्व र खुसीको महसुस भएको प्रचण्डले बताए । त्यस्तै प्रचण्डले नेपालमा भएका कृषिमा आधारित उद्योगहरू स्थापना हुनुपर्नेमा भएका पनि बेचेर खाने प्रक्रिया सुरु भएपछि देश पराधीन हुन पुगेको धारणा राखे ।
अहिलेको अवस्थामा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । प्रचण्डले उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुनुका साथै स्वदेशमा नै रोजगार सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रित गर्न महासङ्घलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन