काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा चितवन राइनोजका ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
उनले ३५ बलमा आफ्नो अर्धशतक पुरा गरे । यसक्रममा उनले एक छक्का र सात चौका पनि प्रहार गरे । उनी अविजित ५३ रन बनाउँदै क्रिजमा छन् । बोपराले जारी एनपीएलमा ब्यक्तिगत रुपमा बनाएको यो दोस्रो अर्धशतक हो । जारी एनपीएलमा बनेको यो नवौँ अर्धशतक हो ।
यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवि बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा