काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सले कर्णाली याक्सविरूद्ध टस जितेको छ।
टस जितेको जनकपुरले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले पहिले ब्याटिङ गर्नेछ।
दुवै टोली यसअघि नै लिग चरणबाट बाहिरिएका छन्। आफ्ना ६ मध्ये ५ खेलमा हार ब्यहोरेका दुवै टोली आज प्रतिष्ठाका लागि खेल्नेछन्। आज हार ब्यहोर्ने टोली अंक तालिकाको पुछारमा हुनेछ।
कर्णालीको टोलीमा आज दिपेन्द्र रावतसहित इमरान शेखलाई मौका दिइएको छ। इमरानले आज डेब्यू गर्न लागेका हुन्।
जनकपुरले पनि आज तुलबहादुर थापा मगर र पप्पु यादवले मौका दिएको छ। ट्यालेन्ट हन्टबाट छनोट भएका पप्पुसहित तुलबहादुरले यो सिजन पहिलो खेल खेल्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा