काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अंकमात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ ।
काठमाडौँले भने छ खेलबाट आठ अंक जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर