काठमाडौँ। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा पहिला ब्याटिङ गर्ने भएको छ ।
काठमान्डुका कप्तान करण केसीले बुधबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर लुम्बिनी लायनसविरुद्ध आफै पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
यस खेल जित्ने टोलीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्ने छ र विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।
काठमान्डुले अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । लुम्बिनीले सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई खेलाएको छ । प्रतियोगितामा यो उनको दोस्रो खेल हो । चितवन राइनोजविरुद्धको खेलमा उनी टोलीमा रहे पनि ब्याटिङ र बलिङ भने गरेका थिएनन् ।
लिगचरण पश्चात काठमान्डु १० अंक जोडी तेस्रो स्थानमा रहेको थियो । लुम्बिनी ८ अंकसहित चौथो स्थानमा रहेको थियो । लिगचरणमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । गत वर्ष पनि काठमान्डुले लुम्बिनीलाई १८ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा
जनकपुरले पाँचौँ विकेट गुमायो
एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा