काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच हुदै छ । अहिलेसम्म कर्णालीले २ खेलमा दुवै खेल हारेको छ भने चितवनले २ खेलमा दुवै खेल जितेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।
त्यस्तै आज दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुदै छ । अहिलेसम्म लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले दुवै खेलमा हार बेहोरेको छ । यो खेल अपराहन्न १: १५ बजे देखि शुरु हुदै छ ।
मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा