काठमाडौँ । सर्बियामा आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका-३ बिजुलीकोट घर भई काभ्रेको बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलालीको टिकापुर नगरपालिका-१ घर भई हाल काठमाडौँको महानगरपालिका-१० बुद्धनगरमा बस्ने २६ वर्षीय कमल रावल रहेका छन् ।
प्रहरीका अनुसार बम्जनलाई काठमाडौँ-९ पिङ्गलास्थानबाट बुधबार र रावललाई ताहाचालबाट बिहीबार नियन्त्रणमा लिइएको हो ।
बम्जनले पीडितसँग १ लाख ४० हजार र रावलले १ लाख ५० हजार रुपैयाँ असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ