एजेन्सी । युद्धविराम घोषणाको केही घण्टा नवित्दै इजरायली सुरक्षा बलले आक्रमण गरको भन्दै युद्धविराम सम्झौता उल्लंघनको आरोप लागेको छ ।
इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा हिज्बुल्लाको अखडामा आक्रमण गरेरे युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लागेको हो । इजरायलले भने युद्धविराम भङ्ग गर्न खोज्नेहरुमाथि कारबाही गरेको प्रतिक्रिया दिएको छ ।
लेबनानी सेनाले इजरायलमाथि बुधबार र बिहीबार कयौं पटक युद्धविरामको उल्लंघनको प्रयास गरेको आरोप लगाएको छ । अमेरिका र फ्रान्सको मध्यस्ततामा भएको युद्धविराम सम्झौताको शर्त अनुसार हिज्बुल्लाहका लडाकु र इजरायली सैन्य बल ६० दिनभित्र दक्षिणी लेबनानबाट हट्नु पर्नेछ ।
त्यसपछि मात्रै लेबनानी सेना र शान्ति सैनिक पूर्ण क्षेत्रमा तैनाथ गरिनुपर्ने शर्त छ । युद्धविराम घोषणापछि इजरायली सेनाले लितानी नदीको उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ मंसिर २०८१, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा