काठमाडौँ । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार उद्घाटन दिनको खेलमा सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकिएको छ । लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ तोकिएको छ ।
प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ५ सय र फाइनलका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको छ ।
सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ । खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको छ ।
आज राति ८ बजेदेखि टिकट खुला गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने