काठमाडौँ । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार उद्घाटन दिनको खेलमा सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकिएको छ । लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ तोकिएको छ ।
प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ५ सय र फाइनलका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको छ ।
सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ । खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको छ ।
आज राति ८ बजेदेखि टिकट खुला गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
विश्वकपमा छनौट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय