काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौँका अर्यालका अनुसार प्रदेश सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।
अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । सो प्रकरणमा तीन जना फरार छन् ।
अधिकारी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै बेला जापानमा हुने एक्सेस टु होम कल्चर २०२४ को सात दिने कार्यक्रममा भाग लिन कात्तिक ११ गते जापान गएका थिए । कार्यक्रममा लैजाने चाँजोपाँजो मिलाएकाले उनीसहित जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापान पठाएपछि अधिकारीकै सूचनाका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा