काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौँका अर्यालका अनुसार प्रदेश सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।
अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । सो प्रकरणमा तीन जना फरार छन् ।
अधिकारी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै बेला जापानमा हुने एक्सेस टु होम कल्चर २०२४ को सात दिने कार्यक्रममा भाग लिन कात्तिक ११ गते जापान गएका थिए । कार्यक्रममा लैजाने चाँजोपाँजो मिलाएकाले उनीसहित जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापान पठाएपछि अधिकारीकै सूचनाका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग