विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको झापास्थित घर अगाडि शङ्कास्पद बस्तु फेला परेको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ ।
हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको बताइएको छ । उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर पुगेका थिए । घर नजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ मंसिर २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित