काठमाडौं। नेकपा माओवादी केन्द्रका दुई जना नेताले कम्बोडिया भ्रमण रद्ध गरेका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा सहभागी हुन जानेहरूको सूचीमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र अर्का नेता गोकर्ण प्रकाश भट्ट पनि थिए ।
स्थानीय तहको उपनिर्वाचनमा व्यस्त हुनुपर्ने भएकाले कम्बोडिया नगएको भट्टले बताए । सापकोटा पार्टीको बागमती प्रदेशको इन्चार्ज समेत हुन् ।भट्टका अनुसार सम्मेलनमा ‘शान्ति र निरूपणसँग जोडिएको विषय र डिजिटल युगमा भ्रमक समाचारलाई राजनीतिक दलले कसरी सम्बोधन गर्ने भन्ने दुई सेसनमा सम्बोधन गर्न तीन/तीन मिनेटको समय’ उपलब्ध गराउने निमन्त्रणमा थियो।
‘यता स्थानीय तहको उपनिर्वाचन छ। उता तीन मिनेटका लागि लामो समय दिनुपर्ने भयो। यसकारण गइएन,’ भट्टले भने। सूचीमा रहेका एमालेका रघुवीर महासेठ, राजन भट्टराई, काँग्रेसका सुजाता कोइराला, दिव्यमणी राजभण्डारी लगायतका नेताहरू कम्बोडिया गइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस