संघीयता कार्यान्वयनमा चुनौती भयो : मुख्यमन्त्री कँडेल

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०८२, १४ : ४०
संघीयता कार्यान्वयनमा चुनौती भयो : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको गुनासो गरे। यसलाई उनले संघीयताको प्रभावकारी कार्यान्वयनको चुनौतीका रूपमा चित्रण गरे ।

नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकताका कारण दुवै तहका सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको उनको गुनासो थियो । संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस