काठमाडौं। इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ।
बीबीसीका अनुसार जेडी भान्स चढेको ‘एयर फोर्स टू’ विमान इस्लामाबादमा अवतरण गरिसकेको छ।
पछिल्लो २१ वर्षको लामो अन्तरालपछि कुनै अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान भ्रमण हो।
यसअघि सन् २००५ मा तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले पाकिस्तानको भ्रमण गरेका थिए।
इस्लामाबादमा हुने वार्ताका लागि जेडी वान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनर पनि आएका छन्।
इरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालिबाफको नेतृत्वमा एक इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई