लागुपदार्थ सेवन गरी सवारी चलाउने २९ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०८२, २० : २९
लागुपदार्थ सेवन गरी सवारी चलाउने २९ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज जिल्लाका विभिन्न स्थानहरूमा गरेको संयुक्त चेकिङका क्रममा २९ जना चालकहरू पक्राउ परेका छन् ।

सवारी चालकहरूलाई लक्षित गरी गरिएको लागुपदार्थ सेवन (ला.प.से.) जाँचको क्रममा लागुऔषध सेवन गरेर सवारी साधन चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका ती चालकहरूमाथि प्रचलित कानुन बमोजिम थप अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस