काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।
उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।
यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?