काठमाडौं । बुधबार सेयर बजार ९.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।
विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ०.०७ प्रतिशत घटे । उत्पादन समूह स्थिर रह्यो ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार