काठमाडौं । बुधबार सेयर बजार ९.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।
विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ०.०७ प्रतिशत घटे । उत्पादन समूह स्थिर रह्यो ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, १० अर्ब ८२ करोडको कारोबार
नेप्से २८५८ अंकमा, १३ अर्ब ७ करोडको कारोबार
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार