रुकुमपश्चिम । रुकुमपश्चिममा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
चौरजहारी नगरपालिका वडा नम्बर २ की दीपा कुमाललाई श्रीमान मधु कुमालको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
३२ वर्षीया दीपाले ४० वर्षीय मधुको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी प्रमुख तथा डिएसपी नवराज पोखरेलले जानकारी दिए।
डिएसपी पोखरेलका अनुसार दीपा र मधुका १६ वर्षीय छोरा खिमले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
घरायसी विवादका क्रममा दीपाले मधुलाई चिपर्ट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ