रुकुमपश्चिम । रुकुमपश्चिममा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
चौरजहारी नगरपालिका वडा नम्बर २ की दीपा कुमाललाई श्रीमान मधु कुमालको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
३२ वर्षीया दीपाले ४० वर्षीय मधुको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी प्रमुख तथा डिएसपी नवराज पोखरेलले जानकारी दिए।
डिएसपी पोखरेलका अनुसार दीपा र मधुका १६ वर्षीय छोरा खिमले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
घरायसी विवादका क्रममा दीपाले मधुलाई चिपर्ट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ