काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने दाबी गरेका छन् ।
आइतबार कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले देशभरको तथ्यले त्यो देखिएको बताए ।
मतदाताले दिएको मतलाई काँग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा काँग्रेसकै जित हुने जिकिर गरे । अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि काँग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ थियो ।
प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले काँग्रेस उम्मेदवारलाई जिताउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा