काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने दाबी गरेका छन् ।
आइतबार कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले देशभरको तथ्यले त्यो देखिएको बताए ।
मतदाताले दिएको मतलाई काँग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा काँग्रेसकै जित हुने जिकिर गरे । अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि काँग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ थियो ।
प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले काँग्रेस उम्मेदवारलाई जिताउने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा