बेइजिङ । चीनको झुहाई सहरमा रंगशालाबाहिर रहेका भीडलाई कारले ठक्कर दिँदा कयौँ मानिस घाइते भएका छन् । घटना सोमबार साँझको भएको भन्दै बीबीसीले समाचार छापेको छ ।
प्रहरीले घटनास्थलबाट ६२ वर्षका फान थर गरेका एक पुरुष चालकलाई पक्राउ गरेका छन् । यस घटनामा कम्तीमा २० जना घाइते भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको छ । झुहाईले नागरिक र सैन्य एयर सोको आयोजना गर्दैछ । यसैबिच सहरमा उच्च सुरक्षा हुँदा हुँदै यो घटना भएको छ ।
घटनाको भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका थिए । केही भिडियो हटाइसकेको भए पनि केही अझै अनलाइनमा छन् । फुटेज हेर्दा केही घाइते अचेत देखिएको बीबीसीले आफ्नो समाचारमा भनेको छ ।
घटनाको समयमा रंगशालामा कम्तीमा ६ वटा समूह उपस्थित रहेको एक प्रत्यक्षदर्शीले भनेका छन् । उनीहरू रंगशालालाई घुम्न निर्धारण गरिएको बाटोमा हिँडिरहेका थिए ।
तेस्रो पटक रंगशालाको चक्कर लगाएर सकिँदा अचानक तीव्र गतिमा कार आएर कयौँ मान्छेलाई ठक्कर दिएको ती प्रत्यक्षदर्शीले बताए । घाइते हुनेमा वृद्धवृद्धा, किशोर–किशोरी र बालबालिकाहरू समेत रहेको बताइएको छ ।
यो घटना झुहाई एयर सोसँग सम्बन्धित हो कि होइन भन्ने स्पष्ट हुन सकेको छैन । मंगलबारदेखि घटनास्थलभन्दा ४० किमि पर यो सो सुरु हुँदैछ । पछिल्लो समय चीनमा यस्ता दुर्घटना र चक्कु प्रहारका घटनाहरू बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल