काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो । ‘कात्तिक २४ गते सचिवालय बैठक बोलाइएको छ । बैठकले उपनिर्वाचन तयारीको विश्लेषणसहित मातहतका पार्टी कमिटीहरूलाई आवश्यक निर्देशन दिन्छ’,गौतमले भने । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना