काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोलि (बुधबार) शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो ।
शिक्षाविद् समेत रहेका ७३ वर्षीय शर्माको कात्तिक १६ गते निधन भएको थियो । उनको निधनमा शोक व्यक्त गर्दै विश्वविद्यालयले एक दिन त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को २०७२ चैत ४ गते बसेको बैठकको निर्णय नम्बर ४०३ ले त्रिविका पदाधिकारी (पूर्वपदाधिकारी समेत)को निधनमा शोक बिदा दिने निर्णय गरेको थियो । सोही आधारमा एक दिन शोक बिदा दिइएको सूचना अधिकारी भीम बहादुर श्रेष्ठले जानकारी दिए ।
उच्च माध्यमिक विद्यालय शिक्षा परिषद्का पूर्वउपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिव, मदनभण्डारी मेमोरियल कलेजका पूर्वक्याम्पस प्रमुख समेत रहेका शर्माको ओम हस्पिटल चाबहिलमा उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो