काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् ।
सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’
वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ छ । पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई धकेल्ने काम गरिएको बताउँदै उनले यो अस्वाभाविक भएको बताए । ‘अप्राकृतिक ढंगले प्रतिनिधि सभामा भएका पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई बाहिर निकाल्ने काम गर्नुभएको छ । यो सामान्यत संसदीय लोकतन्त्र भनिने ठाउँमा यस्तो हुँदैन,’ उनले भने, ‘…पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कहिल्यै सुनिँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ कार्तिक २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षति हेरेर निराश हुने छुट छैन, धुलो टकटकाएर उठौँ’: प्रचण्ड
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड