काठमाडौँ । प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ ।
बैठकमा सहभागी आजपाका अध्यक्ष प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा कुरा निकालेको र सरकारको क्रियाकलाप सही नभएको बताएका थिए । उनले बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएको साहको भनाइ छ ।
‘सरकार राम्रो नियतबाट अघि बढेको छैन भन्ने बैठकको निष्कर्ष छ’ प्रचण्डको भनाइ उदृत गर्दै उनले भने, ‘पार्टी फुटाउने र पक्राउ (रवि लामिछानेलाई) गर्ने तयारी भएको बुझिन्छ । कसैको पार्टी फुटाउने कसैलाई समात्ने जो कामतिर सरकार अगाडि बढेको छ, त्यसविरुद्ध एकजुट हुनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
भारत भ्रमणमा रहेका रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपा नेतृत्वद्वारा स्वागत
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?