काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण
विद्यार्थीलाई कक्षा ११ को पढाइको ढोका खोल्न सञ्चालन गरिएको दोस्रो चरणको परीक्षा (ग्रेड वृद्धि) बाट उत्तीर्ण परीक्षार्थीको व्यवस्थापनमा समस्या हुने देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा असोज ७ गते सार्वजनिक गरेको थियो । नतिजा अनुसार ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् । अर्थात् एक लाख १० हजार नयाँ विद्यार्थी कक्षा ११ मा
भर्नाका लागि योग्य ठहरिएका छन् ।
विगतमा पनि एसइईमा ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने गरेको थियो तर त्यतिबेला परीक्षामा सहभागी हुने र उत्तीर्ण विद्यार्थी थोरै हुने भएका कारण ती विद्यार्थी व्यवस्थापनमा ठुलो समस्या हुँदैनथ्यो ।
यस पटक भने एसइईमा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था भएका कारण एक लाख १० हजार विद्यार्थी कक्षा ११ मा थपिन लागेको हो ।
असार तेस्रो साता सार्वजनिक भएका एसइईको नतिजा अनुसार उत्तीर्ण भएका विद्यार्थीका पढाइ सञ्चालन भएको दुई महिना पूरा भइसकेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ असोज २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक