बैंकक । थाइल्यान्डमा प्राथमिक तहमा पढ्ने विद्यार्थीहरू बोकेको एउटा बस दुघर्टनामा पर्दा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । राजधानी बैंकक नजिकै दर्जनौँ विद्यार्थी सवार सो बस पल्टिएर आगलागी भएको थियो ।
दुघर्टनामा १६ जना बालबालिका र तीन जना शिक्षकले भागेर ज्यान जोगाए । तर अरू २२ जना विद्यार्थी र तीन जना शिक्षक भने अझै भेटिएका छैनन् ।
उत्तरी प्रान्त उथाई थानीमा विद्यालयको स्थलगत भ्रमणमा गएका विद्यार्थी र शिक्षकहरूलाई लिएर बस फर्किरहेको थियो । आगोले ेबस पूरै जलेर खरानी भएको फोटाहरू सार्वजनिक भएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
थाइल्यान्डसँग युद्धविराम गर्ने कम्बोडियाको चाहना
थाइल्यान्ड-कम्बोडिया सैन्य झडपमा १२ जनाको मृत्यु
थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित
बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्कालीन अवतरण