बैंकक । थाइल्याण्डकाे राजधानी बैंककमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । राजधानीको भिडभाड भएको बजारमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । यसपछि आक्रमणकारीले गोली हानेर आत्महत्या गरेको बताइएको छ । गोलीकाण्डमा मारिनेमध्ये पाँच जना बजारका सुरक्षाकर्मी थिए । सञ्चारमाध्यममा आएको खबरका अनुसार यस घटनामा आक्रमणकारी सहित कुल ६ जनाको मृत्यु भएको छ ।
प्रहरीले आक्रमणकारीको पहिचान र आक्रमणको उद्देश्य पत्ता लगाउन अनुसन्धान गरिरहेको थाई प्रहरीले एउटा विज्ञप्तिमा भनेको छ । यस घटनामा कोही पयर्टक घाइते भएको वा मारिएको खबर नआएको बैंककको बाङ्ग सुई जिल्लाका एक प्रहरी अधिकारीले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
प्रहरीले शेयर गरेको भिडियोमा टाउकोमा सेतो टोपी र छातीमा ब्याग झुन्ड्याएका एक संदिग्ध बजारको पार्किङ क्षेत्र भएर हिँडिरहेको देखिन्छ । हालैका वर्षमा थाइल्यान्डमा गोलीबारीका घटना बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
थाइल्यान्डसँग युद्धविराम गर्ने कम्बोडियाको चाहना