काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ । वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउशुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।न असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिका संयोजक डा. किशोरचन्द्र दाहालले बताए ।
उनका अनुसार, रोकिएको परीक्षा कहिले सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसिरहेको छ । ‘असोज १६ वा १७ मा छलफल भइरहेको छ, आजै सूचना जारी गर्छौं’, दाहालले भने ।
कृषि विज्ञानको प्रवेश परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भनिएको थियो । सुदूरपश्चिम विश्वविद्यालयले यसअघि ९ असोजमा कृषि पढ्ने विद्यार्थीका लागि काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रवेश परीक्षा लिएको थियो । परीक्षामा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ असोज २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड
उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीलाई पेस गरिने
उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने