विराटनगर । कोशी प्रदेशको योजना आयोगका सदस्यहरूले राजीनामा दिएका छन्। २ जना सदस्यले राजीनामा दिएका हुन्।
आयोगका सदस्यहरू सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका छन्। दुवै जना नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका थिए।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८१ जेठ २८ गतेको निर्णयपछि बराल र न्यौपानेले आयोगको सदस्यमा नियुक्ति पाएका थिए। राजनीतिक नियुक्ति लिएका उनीहरुले माओवादी सत्ता बाहिर पुगेपछि राजीनामा दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित