काठमाडौँ । रोल्पासहित देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका-५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यता मोरङको मिक्लाजुङ गाउँपालिका-३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका-४ बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाजुराको बुढिगंगा नगरपालिका-४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ असोज २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु
वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु