काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे दलको कार्यालय सिंहदरवारमा बस्ने गरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ । सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि माओवादीले त्यसको विरोध गर्दै आइरहेको छ ।
हिजो बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा चासो राखेका थिए । गठबन्धनले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्याउनको लागि उपसभामुखलाई हटाउन खोजेको भन्दै विपक्षी दलले चर्को विरोध जनाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस