बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३१ औँ बैठक आज बस्दै छ ।
आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस गर्नेछन् ।
यस्तै मुख्यमन्त्री आचार्यले ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस भई निर्माणार्थ प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
अघिल्लो प्रदेश मन्त्रिपरिषद् बैठकले निजामती सेवा ऐन २०८० लाई संशोधन प्रस्ताव स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै