जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले क्षतिग्रस्त मधेश प्रदेश सभा कक्षमा आज बैठक बस्न लागेको छ । दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।
बैठकको लागि जलिसकेको सभाहलमा आवश्यक पोडिएम तथा कुर्सीहरू राखेर तयार पार्ने काम अन्तिम चरणमा पुगेको सभामुख रामचन्द्र मण्डले बताए ।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी गर्दा आवासबाहेक प्रदेशसभा बैठक कक्ष पूर्ण रुपमा जलेर नष्ट भएको थियो । यसका अलावा केही संसदीय दलको कार्यालय र त्यहाँ रहेको गाडीहरु जलेर ध्वस्त बनेको थियो ।
सर्वदलीय सहमतिमा आज जेनतेन व्यवस्थापन गरेर प्रदेशसभा बैठक बस्न लागेको हो । यसअघि त्रुटिपूर्ण बजेट बहुमतले पास गरेको भन्दै विपक्षीदलहरु नियमित बैठक अवरुद्ध गर्दा अनिश्चित समयका लागि बैठक स्थगित गरिएको थियो ।
आज बस्न लागेको बैठकमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको श्रद्धाञ्जलीको लागि शोक प्रस्ताव पारित, संघीयताको सबलीकरण, क्षतिग्रस्त समरचनाहरुको पूर्णनिर्माण लगायतको कार्यसूची रहेको छ । यो गत शनिबार बसको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय भइसकेको सभामुख मण्डलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची