जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०८२, ०८ : ३४
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै

जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले क्षतिग्रस्त मधेश प्रदेश सभा कक्षमा आज बैठक बस्न लागेको छ । दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।

बैठकको लागि जलिसकेको सभाहलमा आवश्यक पोडिएम तथा कुर्सीहरू राखेर तयार पार्ने काम अन्तिम चरणमा पुगेको सभामुख रामचन्द्र मण्डले बताए ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी गर्दा आवासबाहेक प्रदेशसभा बैठक कक्ष पूर्ण रुपमा जलेर नष्ट भएको थियो । यसका अलावा केही संसदीय दलको कार्यालय र त्यहाँ रहेको गाडीहरु जलेर ध्वस्त बनेको थियो ।

सर्वदलीय सहमतिमा आज जेनतेन व्यवस्थापन गरेर प्रदेशसभा बैठक बस्न लागेको हो । यसअघि त्रुटिपूर्ण बजेट बहुमतले पास गरेको भन्दै विपक्षीदलहरु नियमित बैठक अवरुद्ध गर्दा अनिश्चित समयका लागि बैठक स्थगित गरिएको थियो ।

आज बस्न लागेको बैठकमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको श्रद्धाञ्जलीको लागि शोक प्रस्ताव पारित, संघीयताको सबलीकरण, क्षतिग्रस्त समरचनाहरुको पूर्णनिर्माण लगायतको कार्यसूची रहेको छ । यो गत शनिबार बसको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय भइसकेको सभामुख मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस