काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
काठमाडौंको सीडीओमा जयनारायण आचार्यलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । आचार्य यसअघि कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।
यसैगरी सिन्धुपाल्चोकमा किरण थापालाई पठाइएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार सिन्धुलीमा लिलाप्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन पदमपुर सट्टाभर्ना प्रकरणमा प्रधानमन्त्री कार्यालयद्वारा सीडीओलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
अछामका सीडीओ सहित दुई सहायक सीडीओको सरुवा
निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन
१२ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ? (सूचीसहित)