अछामका सीडीओ सहित दुई सहायक सीडीओको सरुवा

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०८२, १९ : ५८
अछामका सीडीओ सहित दुई सहायक सीडीओको सरुवा

काठमाडौ । गृह मन्त्रालयले एक सीडीओ र दुई सहायक सीडीओ सरुवा गरेको छ। 

जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो। 

त्यसैगरी जिप्रका दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सप्रजिअ शावित्रा पुनको पनि सरुवा गरेको छ। बुढा अछाम पुगेका छन् भने पुन दाङमा सरुवा भएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस